धादिङ बैैशाख १२ । धादिङमा संख्या ८३ हजार ४१ घरहरु क्षेति बनाउने गरि ०७२ सालमा गएकाे भुकम्प याे पुस्ताले कहिल्यै नबिर्सने घटना थियाे ।
भुकम्प परि धादिङमा ६ सय ७६ जनाले ज्यान गुमाएका थिए भने त्यसमध्ये १ सय ९८ जना १८ वर्षभन्दा मुनिका बालबालिका थिए ।
धादिङमा निजी आवास पुनर्निर्माण अन्र्तगत ४२ हजार ५ सय ३० वटा घर निर्माण सम्पन्न भएको छ । ६५ हजार ९ सय १८ वटा घर निर्माण हुनेक्रममा रहेको जिल्ला पुर्ननिर्माण कार्यान्वयन इकाईले जनाएको छ ।
भुकम्पले अति प्रभावित बनाएको धादिङ जिल्लामा लाभग्राहीको संख्या ८३ हजार ४१ रहेको छ । कुल लाभग्राही मध्ये अहिले सम्म ७४ हजार १ सय ५३ जना सँग अनुदान सम्झौता भएको छ ।
अनुदान सम्झौता भएका मध्ये पहिलो किस्ता लिएका लाभग्राहीको संख्या ७३ हजार ६ सय ९८ रहेको छ भने दोस्रो किस्ता लिनेको संख्या ६२ हजार ४ सय ८६ रहेको छ ।
पहिलो किस्ता लिएर दोश्रो किस्ताका लागि आवेदन गर्ने लाभग्राहीको संख्यामा कमि हुनुमा धेरैवटा कारणहरु समस्याका रुपमा रहेको छ । दोश्रो पछि तेस्रो किस्ता लिने लाभग्राहीको संख्या ४६ हजार ४ सय २५ मात्रै रहेको कार्यालयले जनाएको छ ।
भुकम्प स्मरण गर्दाकाे १० तस्बिर









