
धादिङ बैशाख ६ । सरकारले बन्द गरेको अनलाईन मार्फत खेलिने पब्जी खेल तत्काल प्रतिबन्ध नगर्न सर्वोच्चले आदेश दिएको छ ।
सरकारको निर्देशनमा गत चैत २८ मा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेलमा प्रतिबन्ध लगाउन इन्टरनेट प्रदायकलाई निर्देशन दिएको गरे सँगै अधिवक्ता प्रवीण सुवेदीले पब्जीमाथिको प्रतिबन्ध गैरकानुनी भन्दै सर्वोच्चमा रिट दिएका थिए ।
उक्त रिटको सुनुवाई गर्दै शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले बताए ।
