धादिङ बोर्डिङका आभाष दुवाडी बने नगर प्रथम

Avatar photo
Dhadingpost
बैशाख ३, २०७६

धादिङ बैशाख ३ । धादिङबेसी स्थित नीलकण्ठ नगरपालिका शिक्षा शाखाले लिएको आधारभूत तह (कक्षा ८) को अन्तिम परिक्षामा धादिङ धादिङ बोर्डिङमा अध्ययनरत छात्र आभाष दुवाडी नगर प्रथम बनेका छन् ।

नीलकण्ठ नगरपालिका स्तरीय आधारभूत तह (कक्षा ८) को परिक्षामा ४ जिपिए ल्याई दुवाडी नगर स्तरीय परिक्षामा प्रथम भएका हुन् ।

नीलकण्ठ नगरपालिका अधिकारी डाँडा घर भएका आभाष दुवाडी नर्सरी देखि नै कक्षा प्रथम हुँदै आएका विद्यार्थी हुन्, नगरपालिका स्तरीय परिक्षामा ४ जिपिए ल्याउँदै प्रथम भएको प्रिन्सिपल हरि लम्सालले धादिङपोष्टलाई जानकारी गराए ।