
धादिङ बैशाख १ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वडा नं ३ गैरामा जारी दशौ वाका कप खुल्ला पुरुष भलिबलको आज समापन हुँदैछ ।
धादिङ जिल्लाको सर्वाधिक पुरस्कार राशी रहेको यस वाका कप प्रतियोगितामा प्रतिस्पर्धा गरेका २४ टिम मध्य फाईनलमा आयोजक न्यु वाका राहा युवा क्लब E र म्यागङ गाउँपलिका युवा क्लब पुगेका छन् ।
अत्यन्त राम्रो खेल प्रदर्शन गर्दै आएका यी दुई टिम बीच प्रथम हुने टिमले १ लाख ५ हजार हात पर्ने छ भने हार्ने टिमले द्धितिय पुरस्कार ५५ हजार नगद प्राप्त गर्नेछ ।
न्यु वाका राहा युवा सेमजोङले आयोजना गर्दै आएको वाका कपको यो दशौं श्रृखलामा पुरस्कृत हुने खेलाडीहरुलाई भव्य समारोहका बीच नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले पुरस्कार वितरण गरिने आयोजक समिितका वेगबहादुर तामाङले धादिङपोष्टलाई बताए ।
