धादिङको २०० वर्ष पुरानो गुम्बा यस्तो छ

Avatar photo
Dhadingpost
चैत्र १७, २०७५

धादिङ चैत्र १७ । धादिङ जिल्लाको एक मात्र २०० बर्ष पुरानो ऐतिहासिक बौद्ध गुम्बा सम्रक्षण हुन नसकेको स्थानियले बताएका छन् ।

धादिङ गंगाजमुना गाउँपालिका साबिकको रि ४ गुम्बा गाउँमा रहेको नमुच्चेत बौद्ध गुम्बाको संरक्षण नहुँदा भौतिक संरचना जानुक अवस्थामा पुगेको छ ।

२०७२ साल बैशाख १२ गतेको बिनाशकारी भुकम्पले पुर्ण रूपमा क्षेती बनाएको यस ऐतिहासिक नमुच्चेत बौद्ध गुम्बा पुनरनिमार्ण हुन नसकि रहेको अवस्थामा फेरि गत चैत्र १२ गते आएको हुरिले पुन फेरि क्षेति गरेको छ ।

गुम्बा पुनः निर्माणको कुरा अगाडी बढेको भन्ने सुनेका थियौ, तर भुकम्प पछिका यत्तिका वर्ष विति सक्यो, धादिङकै इतिहास बोकेको यस २०० वर्षको गुम्बा पुनर निमार्ण कार्य हुन अवश्यक रहेको स्थानिय हजा लामा तामाङले बताए ।

उनले गुम्बा भौतिक संरचना अहिले दयनिय छ, गाउँपालिका, गुम्बा निर्माण समितिको ध्यानाकर्ष पटक पटक गराउँदा पनि निमार्ण कार्य अगाडी नबढेको समेत तामाङले धादिङपोष्टलाई बताए । फोटोः हजालामा तामाङ