धादिङ पर्यटन तथा औद्योगिक मेलाः आज यी कलाकार आउँदै छन्

Avatar photo
Dhadingpost
फाल्गुन २५, २०७५

धादिङबेसी फागुन २५ । धादिङबेसीमा जारी धादिङ पर्यटन तथा औद्योगिक मेला २०७५ मा आज राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु आउँदै छन् ।

पर्यटकको स्वागत सत्कार हाम्रो शान, पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान, भन्ने मुल नाराको साथ जिल्ला होटल संघ धादिङले फागुन १७ गतेबाट आयोजना गरेको धादिङ पर्यटन तथा औद्योगिक मेलामा आज पूर्णकला बिसी, दुर्गा परीयार, बिन्दा परीयार, गिता सेन्चुरी, नविन पौडेल लगायतका कलाकार आउने मेला प्रचार प्रसार समितिका संयोजक राजन दनैले बताए ।

शुक्रबार राधिका हमाल, रामजि खाँड, हेमन्त शर्मा, हास्य विधाकी प्याकुली लगायतका कलाकारहरुले उलेख्य उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

मेलामा स्टलहरुमा व्यापार पनि राम्रो भएको दृष्य