नेपाली महिला टोली फाइनलमा

Avatar photo
Dhadingpost
माघ ४, २०७५

धादिङ माघ ४ । थाइल्याण्डमा जारी महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाईनल प्रवेस गरेको हो ।

नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११९ रन बनाएको थियो भने इन्डोनेसिया ११ ओभरमा मात्र २७ रनमा अलआउट हुँदै पराजित भएको थियो ।

नेपालकी रुविना क्षेत्रीले तीन विकेट लिइन् भने दुई खेलाडीलाई रन आउट गरिन् । यस्तै, कविता कुवँर, सरिता मगर, सीता रानामगर र नेरी थापाले एक–एक विकेट लिए ।