
सुमन अधिकारी
धादिङ धुवाकाेट पुस २५ । नीलकण्ठ नगरपालिका स्थित धुवाकाेटमा विगतका वर्षहरुमा जस्तै माघ १ गते मागेशक्रान्ती मेला (गोरु जुधाई तथा कृषि मेला प्रदर्शनी) हुने भएको छ ।
कृषि उत्पादन र गोरुजुधाई धुवाकोटको आधार, पर्यटन प्रबधन गर्न तयार पारौ बिकासका पुर्वाधार भन्ने मुलनाराका साथ यहि माघ १ गते नीलकन्ठ नगरपालिका १४ धुवाकोट भङ्गेरी स्थानमा गोरु जुधाई तथा कृषि मेला प्रदर्शनी गर्न लागिएको हो ।
भङ्गेरी युवाक्लबको आयोजनामा गर्न लागिएको गोरुजुधाई तथा कृषि मेला प्रदर्शनी कार्यक्रम सफल पार्नको लागी कृणप्रसाद श्रेष्ठको अध्यक्षतामा २१ सदस्य मुलसमिती र ४ वटा भिन्दा भिन्दै उपसमिती गठन गरिएको छ ।
मुलसमितिकाे उपाध्यक्षमा रबिन सुनार कोषाध्यक्ष कमला तामङ सचिबमा बलबहादुर तामाङ रहेेेका छन् । यस्तै प्रचार प्रसार उपसमितीकाे सम्योजकमा बोधप्रसाद नेपाल आर्थिक ब्यबस्थापन उपसमिति सम्योजकमा शिबकुमार श्रेठ गोरु ब्यवस्थापन उपसमिती सम्योजकमा रबिन सुनार मन्च ब्यवस्थापन उपसमितीमा प्रेम तामाङ रहेेेका छन् ।
गोरु दर्ताको ५०० शुल्क निर्धारण गरिएको छ, भने बिजेता गोरु धनिलाई प्रोत्साहन स्वरुप ३५०० उपबिजेता गोरुधनीलाई २५०० र गोरु बराबरी भयको अबस्थामा ३/३ हजार र गोरु नजुधेको अबस्थामा दर्ता शुल्क फिर्ता गर्ने निर्णय गरिएको ब्यबस्थापन समिती सचिव बलबहादुर तामाङले बताए ।
