धादिङका श्रस्टा र सर्जक सन्दिप स्याम्चेन तामाङ

Avatar photo
Dhadingpost
पुस १७, २०७५

धादिङ पुस १७ । साबिकको उत्तरी धादिङ अन्तरगत झार्लाङ, सेर्तुङ, तिप्लिङ र लापा गाविसहरुको नेतृत्व गर्दै तामाङ समुदायमा अत्यन्तै प्रचलित म्हेन्दोमाया गित बजारमा ल्याएर सफल गायक बनेका श्रस्टा र सर्जक सन्दिप स्याम्चेन तामाङको पछिल्लो शब्द संगीतमा रहेको तामाङ गित म्हेन्दोमाया म्हानेदोरा बजारमा आएको छ ।

सानै देखि नाँच्ने गाउने कविताहरु भन्न रुचाउने विभिन्न कार्यक्रमहरुमा सहभागी भइ आफ्नो प्रतिभा राखेर गित संगीतमा छिरेका सन्दिप स्याम्चेन पछिल्लो समय गाउन र नाँच्न भन्दा शब्द संगीतमा ब्यस्त रहेको बताउँ छन् ।

२०४९ सालमा झार्लाङ स्थित लक्चो भन्ने गाउँ अनि झुपडीको घरमा आमा ठुली माया र बुबा तर्जाम स्याम्चेन तामाङ पहिलो सन्तानको रूपमा जन्म जन्मिएका उनका बुबा झार्लाङ गाबिस भरी कै पहिलो क्यासेट बजाउने रेकर्ड राखेका सन्दिपले पनि धादिङका यी चार साविकका गाबिसमा पहिलो तामाङ म्हेन्दोमाया गित निकालेर उत्तरी धादिङको पहिलो तामाङ गायकको रुपमा चिनाउदै निरन्तरता दिदै आएका छन् ।

गाउँ घर मेलापात घाँस दाउरा पानी पधेरो जहिले जहाँ जाँदा पनि बुबाको क्यासेटमा बजाएको गित सुनेर गुन गुनाउन सक्ने भए पछि बुबाको सपना गायक बनाउछु भन्ने थियो त्यसैले आफुलाई संगितमा रमाउन प्रेरणा मिलेको उनी बताउँछन् ।

एसएलसी दिएर काठमाडौ छिरेको सन्दिप स्याम्चेनले २०६५ सालमा गणेश हिमाल स्योङ भन्ने तामाङ गित निकालेर बुबाको सपना सकार बनाइ दिए भने, उक्त गितलाई धेरैले रुचाउदै गए पछि पछिल्लो समयमा धेरै तामाङ नेपाली लोक दोहोरी निकाल्दै गए । अहिलेसम्म लगभाग शब्द संगीत गरेको २०० वटा जत्ती पुगेको छ गायन सँगै गित लेख्न रुचाउने सन्दिप स्याम्चेन बताउँछन् ।

पछिल्लो समय पत्रकारकरितामा समेत जोडिएका उनी तामाङ पत्रकार संघ धादिङको जिल्ला सचिव रेडियो धादिङमा तामाङ न्हेन कार्यक्रम सन्चालन गर्दै आइरहेका छन भने, धादिङको लोकप्रिय अनलाईन धादिङपोष्ट डटकममा रिपोर्टिङ गर्दै आएका छन् ।

पछिल्लो गणेश हिमाल स्योङ एल्बममा आफ्नै शब्द दाजु सङगम स्याम्चेनको संगीत रहेको छ भने रमला पाख्रीन र उनको अवाज रहेको छ । उक्त एल्बममा तीन वटा गित समाबेश गरिएको थियो १. गणेश हिमाल स्योङ २. छे पालो ३. तिङी नम्स्यो छे पालो जसमा शब्द संगीत बाजे जित सिङ स्याम्चेन तामाङको रहेको थियो भने, स्वर दाइ सङगम स्याम्चेन र रमला पाख्रीन को रहेको उनले बताए । तिङी नमस्योमा भने शब्द संगीत स्वर सबै सन्दिप स्याम्चेनको रहेको छ ।

त्यसपछि निरन्तर गित संगीतलाई नै पेशा अङगाल्दै गरेको सन्दिप स्याम्चेनले नेपाली लोक दोहोरी हिमाल पहाड तराइ भन्ने राष्ट्रिय गित दोस्रो एल्बमको रुपमा बजारमा ल्याए जसमा दुईवटा गित रहेको थियो । हिमाल पराइ तराइ, आकासको जुनतारामा दुईवटा नै गितमा शब्द संगीत सन्दिप स्याम्चे कै रहेको छ भने, गायिका सीता के सि र बिनु तामाङले साथ दिएका थिए । यस्तै तामाङ नेपाली गितहरु गाउँदै कार्यक्रमहरुमा व्यस्त भएपछि शिक्षाक पेशा छोडेका स्याम्चेन पछिल्लो समय समय सन्दर्भिक शब्द संगीत अनि ब्याङग्यात्मक गित संगीत बजारमा ल्याउने तयारीमा छन् ।

सन्दिप स्याम्चेनले प्रथम एैतिहासिक म्हेन्दोमाया म्युजिक अवार्डमा सामसुङ मोबाइल फोन भन्ने गितबाट उत्कृष्ट संगीतकारको अवार्ड समेत हात परेको छन् । त्यसपछि झानै गित संगीत प्रति हांैसिएका स्याम्चेनले अवार्ड जित्न सफल गित भने यक्को नक्कली भन्ने थियो । सन्दिप गित संगीतमा लागेपछि उत्तरी धादिङका प्राय तामाङहरु मायाँ गरेको हरेक स्टेज कार्यक्रमहरुमा बोलाउने गरेको मा उनी निकै खुसी छन् ।

देश बिदेशको कार्यक्रमहरुमा समेत म्हेन्दोमाया र तामाङ गितको माग भए पछि सोही ठाउँहरुमा तामाङ कलाकारहरुले आफ्नो प्रस्तुती दिई तामाङ गित संगीतलाई जोगाइ राख्दा झनै खुशी हुन्छन् उनी तर बिदेश तथा सम्मान कार्यक्रमहरुमा भने कुन कलाकारको स्थान के हो ? कुन कलाकार कस्तो हो ? त्यो नचिनेर आफ्नो मान्छे छनेको देख्दा दुःख लाग्ने गरेकोे उनी बताउँछन् हुन त सन्दिप स्याम्चेन पैसा कमाउन तिर होइन आफ्नो कला सास्कृतिक संरणनमा लागेको हुँ, भोलि हामी मरेर गएपनि सम्झना होस् भन्ने हितुले गित संगीत बजारमा ल्याउने गरेको हुँ सन्दिप स्याम्चेन सबै सँग मिलनसार तर अन्यय अत्यचार विरुद्ध आवज उठाउने गायक हो भनेर चिनाउन पाए आफुलाई पुग्छ यसैमा खुसी छु भन्दछन् उनी ।

सानै देखि माओवादी विचारधाराबाट प्रभावित भएकोे होला अहिलेसम्म मनमा क्रान्तिको सोच ताजै छ तर माओवादी आन्दोलनको अति परिवर्तन भए सँगै उनमा पनि राजनीतिमा भने सक्रिय हुन चाँहदैनन् । अहिले आएर लोक पप, आधुनिक गित, र्याप गित, सेलो गित, लोक दोहोरी गित र म्हेन्दोमाया गित संगीत र कार्यक्रमहरुमा बिजि देखिने उनी नेपाली लोक दोहोरी गित जीउँदो लासबाट चिन्न सफल गायक तथा श्रष्टा सर्जक हुन् ।

पुस्कल शर्मा र देवि घर्तीको स्वर लय शब्द सन्दिप स्याम्चेनको रहेको उक्त गितको मोडेल बिमल अधिकारि र सरिका के सिले अभिनय गरेको थियो । सोही गितबाट सन्दिप स्याम्चेन लोक दोहोरी गितबाट परिचय दर्जगरेका सर्जक उनी तामाङ भाषा कला संस्कृतिका गित संगीत मा त अत्यन्तै परिचित र लोकप्रिय नाम राख्न सफल छन् । धेरै जसो कलाकारहरु मेरै शब्द संगीतबाट हिट भएर अहिले गुरुको रूपमा आफैलाइ पाएको छु र बाचुन्जेल यहि गित संगीत मै समर्पित रहने कुरा सन्दिप स्याम्चेन बताउँछन् । साभारः धादिङबाट प्रकाशित हुने सूचक सन्देश साप्ताहिक