भिमेश्वर कप कबड्डी’ आज देखि

Avatar photo
Dhadingpost
मंसिर २७, २०७५

काठमाडौं मंसिर २७ । काडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीमा आज देखि ‘प्रथम काठमाडौँ जिल्लास्तरिय भिमेश्वर कप कबड्डी’ सुरु हुने भएको छ ।

४० टिमको सहभागिता रहेको विद्यालय स्तरिय उक्त प्रतियोगिता १६ सहभागि हुने छन् ।

विजयी टिम प्रथम, द्धितीय र तृतीयलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको तयारी पुरा भइसकेको र बिहिबार एक औपचारिक कार्यक्रमका विच प्रतियोगिता सुरु गरिने भिमेश्वर एकेडेमीका प्रिन्सिपल अमृत खड्काले बताए ।