धादिङको औद्योगिक मेलामा आज आउने कलाकारहरु

Avatar photo
Dhadingpost
मंसिर १८, २०७५

धादिङ मंसिर १८ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा सुरु भएको धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेलाको आज पाँचौ दिन हो ।

हिजो चौथो दिन पनि उत्साहजनक अवलोकनकर्ताहरु आएको आयोजकलले बताएको छ । आज पाँचौ दिन चर्चित लोक गायक हेमन्त शर्मा, प्रकाश सपुत, सम्झना भण्डारी, धादिङबाट राष्ट्रिय रुपमका चर्चा बटुलेका धादिङ्गेली ठिठो खेमजी राना, दर्शकहरुलाई नचाउन माहिर डान्सर अञ्जली अधिकारी आउने संगित सुवेदीले धादिङपोष्टलाई बताए ।

तरकारी पकट क्षेत्रको रुपमा विकास हुँदै गरेको साविकको धुषा गाविस स्थित चरौंदी र यस क्षेत्रको विकट चेपाङ बस्ती साथै छिमेकी जिल्ला गोरखाको सिमानामा भएको यस मेला मा चतवन गोरखा दर्शहरु सहभागि भएको पाइन्छ ।

मेलाका मुख्य आर्कषणहरु

– कृषि प्रदर्शनी
– साना तथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण
– विविध साँस्कृतिक प्रदर्शनी
– त्रिशुली नदीमा ¥याफेटिङ तथा पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु
– स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
– हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण
– राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
– खनिजजन्य वस्तुको प्रदर्शनी तथा विक्री
– जडिवुटीको तथा वनजन्य वस्तुको प्रदर्शनी, विक्री तथा जानकारी
– आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी
– इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री\सूचना प्रविधी सम्बन्धी जानकारी
– अटोमोवाईल्सको प्रदर्शनी तथा विक्री वितरण
– रमाईलो मेला\वाल उद्यान