२० वर्षे फुटबल करिअरबाट ड्रोग्बाको सन्यास

Avatar photo
Dhadingpost
मंसिर ६, २०७५

काठमाडौं, मंसिर ६ । आइभेरीकोष्ट तथा चेल्सीका चर्चित खेलाडी डिडियर ड्रोग्बाले फुटबल करिअरबाट सन्यास लिएका छन् ।

आइभेरीकोष्टका ४० वर्षीय ड्रोग्बाले २० वर्षे लामो फुटबल करिअरबाट सन्यास लिएको जानकारी दिएका हुन् । फरवार्डको भूमिकामा मैदानमा देखिने ड्रोग्बाले चेल्सीबाट ३८१ खेलमा १६४ गोल गरेका थिए ।

उनले चेल्सीलाई चार पटक इंग्लिस प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले । त्यस्तै, २०१२ को च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई जिताउन उतिकै भूमिका निभाएका थिए ।

उनले प्रिमियर लिगको २००६–०७ र २००९–०१० मा गरी दुई पटक गोल्डन बुट पाएका थिए ।

आइभेरीकोष्टका लागि भने उनले १०५ खेलमा ६५ गोल गरेका छन् । उनले आफ्नो देशको नेतृत्व गर्दै तीन पटक विश्वकप समेत खेलेका छन् ।