
सरस्वती ठकुरी
धादिङबेसी कार्तिक २८ । धादिङबेसी सदरमुकाममा रहेको मालेबगर विकासको दृष्टिकोणले बत्ती मुनि अध्यारो बनेको भन्दै विकासका लागि मंगलबार स्मार्ट साँझ साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
सदरमुकाम धादिङबेसीका अन्य टोलहरुको विकासको तुलनामा मालेबगरलाई पक्षपात गरिएको खानेपानी वितरण नगरिएको, सडक पिच नभएको, सडक बत्तीहरु नराखिएको जस्ता समस्या स्थानियहरुले बताउँदै आए सँगै अखिल क्रान्तिकारी धादिङ, सुन्दरबस्ती विकास समिति, स्मार्ट युवा क्लवले धादिङबेसी बीचबजारमा विकासका लागि स्मार्ट साँझ साँस्कृतिक कार्यक्रम गरेका हुन् ।

विशेषत स्थानिय तहका जनप्रतिनीधिहरु, दलका नेताहरुलाई दवाव दिन र उठेको पैसा विकासमा खर्च गर्ने गरि कार्यक्रम सम्पन्न भएको स्मार्ट युवा क्लव धादिङका अध्यक्ष एवम् संचारकर्मी बिमल तामाङले बताए ।
राष्ट्रिय तथा स्थानिय कलाकारहरु, छमछमी अडिसनका प्रतियोगीहरु, धादिङका टप र्याप गायकहरुको प्रस्तुती रहेको उक्त साँस्कृतिक कार्यक्रममा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
