पोखरामा जुनियर ‘एटिएफ’ टेनिस च्याम्पियनसिप हुने

Avatar photo
Dhadingpost
कार्तिक १९, २०७५

पोखरा, कार्तिक १९ । आगामी पुषको ४ गतेदेखि पोखरामा जुनियर ‘एटिएफ’ टेनिस च्याम्पियनसिप हुने भएको छ ।

एशियन टेनिस महासंघको कार्यक्रम अनुसार ‘एटिएफ’ जुनियर टेनिस च्याम्पियनसिप हुने भएको हो ।

संघका महासचिव नवीन चालिसेका अनुसार प्रतियोगिताअन्तर्गत पहिलो सर्किटमा ३० पुरुष र २३ महिलासहित ५३ जना तथा दोस्रो सर्किटमा ३३ पुरुष र २५ महिलासहित ५८ खेलाडीले भाग लिने छन्।

प्रतियोगितामा अस्ट्रेलिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका १० देखिमाथि र १४ वर्षमुनिका १ सय ११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने आयोजक कास्की जिल्ला टेनिस संघले जनाएको छ ।