काठमाण्डौ, कार्तिक १६ । दशैको माहोलमा रिलिज भएका दुई फिल्म छक्का पञ्जा ३ र जय भोलेले यतिबेला सम्म दर्शकहरुको साथ राम्रो पाईरहेको छ ।
चर्को प्रतिष्पर्धाकाबीच आजबाट अन्य दुई फिल्महरु चंगा चेट र मालिका पनि एकसाथ रिलिजमा आएका छन् । चंगा चेटले पैसाका लागि तीन युवाले गरेको संघर्षलाई उठान गरेको छ भने मालिकाले महिला सशक्तिकरण र बाल बिवाहबिरुद्धको लडाईको बिषय उठान गरेको छ ।
दुबै फिल्महरुले प्रिमियरमा भने रुचाएका छन् । बिषेशगरी रेखा थापाको मालिकालाई उच्च पदस्थ र महिला समाजसेवीहरुले प्रशंसा गरेका थिए । माधव वाग्ले र सर्मिला पाण्डे निर्माताको रुपमा रहेको यस फिल्ममा प्रदिप भारद्धाजको लेखन र दीपेन्द्र के खनालको निर्देशन रहेको छ ।
फिल्ममा प्रियंका कार्की , आयुषमान देसराज जोशी , परमिता राणा ,सन्दिप क्षेत्री , रबिन्द्र झा र सुरक्षा पन्त लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म बिषेशगरी गोजीमा दाम छैनले चर्चामा आएको थियो । उता रेखा थापाकै निर्देशनमा तयार भएको मालिकामा नन(एक्टर कमला वली प्रमुख भूमिकामा छिन् ।
यस पटक भने रेखाले अन्य पात्रलाई नायक बनाएकीछिन् । फ्राईडे रिलिज दुई नेपाली फिल्मलाई सिंगल पर्दा लगभग बराबर मिलेपनि मल्टिप्लेक्समा सोज संख्यामा ठूलो तलमाथि छ । निर्माताले सर्वाधिक शेयर हात पार्ने देशको सबैभन्दा ठूलो मल्टिप्लेस क्यूएफएक्सले ‘मालिका’ लाई ४ र चंगा चेटलाई १६ सोज बाँढेको छ ।
अन्य मल्टिप्लेक्सहरुमा भने चंगा चेटको शो बढि छ । यी दुबै फिल्महरुलाई छक्का पञ्जा ३ को चुनौती निकै छ । किनकी मल्टिप्लेक्समा चौथो हप्तामा पनि फिल्मलाई १४ शो दिएको छ भने जय भोले पनि राम्रो शो पाईरहेको छ यस्तोमा चंगा चेट र मालिकालाई दर्शकको साथ कस्तो मिल्ला हेर्दे जाउ ।
