एजेन्सी, कार्तिक १५ । ईएफएल कप फुटबलको पछिल्लो खेलमा चेल्सी, आर्सनल, टटनह्याम हट्स्पर र मिडल्सब्रो विजयी भएका छन् ।
खेलको पाँचौ र २१ औं मिनेटमा दुई वटा उपहार गोल पाएको आर्सनलका लागि सेस फाब्रेगासले ४१ औँ मिनेटमा एकमात्र गोल गरे । डर्बी काउन्टीका ज्याक म्यारिअट र मार्टियन वाग होर्नको गोल जितका लागि पर्याप्त भएन । पाँच वटै गोल पहिलो हाफमा भएका थिए । आर्सनलले ब्लाक पुलमाथि २ – १ को जित हात पारेको छ ।
स्टेफन लिचेस्नीयर र ईमाईल स्मिथले आर्सनलका लागि गोल गरेका थिए । खेलको ५६ औँ मिनेटमा दोहोरो रातो कार्ड खाँदै मटेओ गेयनडोजी मैदान बाहिरिएपछि ब्लाकपुलका पौडी ओ कोनरले गोल गरेका थिए ।
टटनह्याम हटस्परले सन हेङ मिनको दुई गोलको मद्दतमा वेष्टह्याम युनाईटेड विरुद्ध ३–१ को जित निकालेको छ । ७१ औँ मिनेटमा लुकास पेरेजको गोलबाट खेलमा फर्किने प्रयास गरेको वेष्टह्याम विरुद्ध ७५ औँ मिनेटमा फर्नान्डो लोरेन्तेले गोल गर्दै फराकिलो जित हात पारे ।
डिपोर्टीभो अलाभेसले भने बराबरीमा चित्त बुझाएको छ । गोल रहित बराबरीमा निर्धारित समय सकिनै लाग्दा ९० औँ मिनेटमा क्लिमेन्ट लेङलेटको गोलले बार्सीलोनालाई लियोनेस विरुद्ध रोमाञ्चक जित दिलाएको हो । बार्सिलोनो लियोनेसले १ शुन्यको जित हात पार्यो ।
मिडल्स ब्रोका लागी लुईस विङले गोल गर्दै क्रिष्टल प्यालेस विरुद्धको १ शुन्यको जित पक्का गरे । उता, स्पेनिस कोपा डेल रे फुटबलको पछिल्लो खेलमा बार्सिलोना, र रियल मड्रिड विजयी भएका छन् ।
