लागूऔषधमा आगो लगाएर सेल्फी खिचे पाकिस्तानी महिला प्रहरीले

Avatar photo
Dhadingpost
कार्तिक ११, २०७५

काठमाडौं, कार्तिक ११ । पाकिस्तानको पेशावरमा लागूऔषध प्रतिरोधी एन्टी नार्कोटिक्स फोर्सका महिला टोलीले ४०० किलो अवैघ लागूऔषध बरामद गरेर त्यसमा आगो लगाएका छन् ।

भाइरल भएको एक तस्वीरमा एक महिला प्रहरीले हातमा राइफल लिएको देखिन्छ । केही मानिसले तस्वीरमा कमेन्ट गर्दै लेखे, ‘पाकिस्तानी महिलालाई दबाइन्छ र अत्याचार गरिन्छ भन्ने धेरैलाई लाग्छ । यी तस्वीरहरू देखेपछि उनीहरूको दृष्टिकोण परिवर्तन हुनेछ ।

त्यसपछि महिला प्रहरीहरूले आगोका अगाडि सेल्फी लिए । महिलाहरूको यी स्टाइलिश तस्वीरहरू भाइरल भएका छन् । मानिसहरू महिलाको साहसलाई प्रशंसा गरिरहेका छन् । नशाविरुद्धको अभियानका रूपमा आगोसँगको सेल्फीलाई लिइएको छ ।

एएनएफले लागूऔषधलाई पूरै सक्ने निश्चय लिएको छ जसले गर्दा लागूऔषधमुक्त समाजको लक्ष्य हासिल गर्न सकियोस् ।

पाकिस्तानको रक्षा मन्त्रालयले एएनएफको महिला टोलीले गरेको कामका बारेमा कसैले सोच्न समेत नसक्ने बतायो ।

फेसबूकमा साद हामिदले लेखे, ‘महिलाहरूले गरेको काम हलिउड फिल्मको दृश्य जस्तो देखिन्छ । अफिसर राबिया बेग र उनका सहकर्मीहरूले लागूऔषधमा आगो लगाएका छन् । हामीहरू एउटा परियोजनामा काम गरिरहेका छौं । यसअन्तर्गत हामी पाकिस्तान प्रहरीलाई प्रशिक्षण दिइरहेका छौं र सामाजिक सञ्जालको थप राम्रो सदुपयोग कसरी गर्न सकिन्छ भनी सिकाइरहेका छौं ।