गोपाल फ्युवा तामाङ
धादिङ कार्तिक ९ । खनियावास गाउॅपालिका वडा नं १ गिलिङचो गुम्बामा एकता शान्ति र आध्यात्मिक प्रगतिको कामना गर्दै प्रार्थना कार्यक्रम सम्पन्न भएको छ ।
उक्त समापन कार्यक्रममा खनियावास गाउॅपालिका प्रमुख रणबहादुर तामाङले इतिहासलाई जीवित राख्न ऐतिहासिक स्थलहरूको जगेर्ना गर्न गाउॅपालिकाको ध्यान गएको बताए ।
६ सय वर्ष पुरानो गिलिङचो गुम्बाको बारेमा विस्तृत अध्ययन गरी गुरूयोजना बनाईने र भूकम्प पश्चातको पुनर्निमाणमा ढिलाइ भइरहेकोमा ऐतिहासिक गुम्बा, मठ, मन्दिरहरुलाई प्रथमिकताको योजनामा राखेर काम गर्ने प्रतिवद्धता समेत अध्यक्ष तामाङले गरेका थिए ।
सो कार्यक्रममा गुरू कर्मा तान्पेई ग्याल्छेनले प्रवचन दिँदैप्रवचनमा प्राणी तथा समस्त जगतको सुख समृद्धि दिर्घायु र सत्बुद्धिको लागि प्रयास गर्न आह्वान गर्दै ६ सय वर्ष पुरानो गिलिङचो गुम्बाको धादिङको ऐतिहासिक सम्पत्ती भएकोले पुनर निर्माणको लागी अव्हान गरेका थिए ।
कार्यक्रममा गाउॅपालिकाका पदाधिकारीहरू, वडा अध्यक्ष तथा सदस्यहरू, जितेन्द्र तुलाधर (काठमाडौ), लेखक, पत्रकार, फोटोग्राफर जोहाना ब्लेन्नेमम (जर्मनी) का साथै स्थानीयहरूको सहभागिता उल्लेख्य थियो ।
गिलिङचोलाई स्थानीय तामाङ मान्यता अनुसार ‘खे ङ्हा’ पॉच पूर्खा मध्ये चौथोको उत्पत्ति स्थलको रूपमा समेत लिइन्छ । धादिङ जिल्लाका पूराना गुम्बाहरूमध्ये गिलिङचो पनि एक हो । यसबारेमा धादिङ पोष्ट र सूचक सन्देश मा पटक पटक रिपोर्टिङ पनि हुॅदै आएको थियो ।
