दलितको हातबाट टिका लगाए अध्यक्ष थापामगरले

Avatar photo
Dhadingpost
कार्तिक ८, २०७५

धादिङ कार्तिक ८ । विजया दशमी ०७५ पर्व विभिन्न चर्चा परिचर्चाका साथ विधिवत रुपमा सकिएको छ ।

वामपन्थीहरुको दुईतिहाई बहुमतको सरकार र त्यहि पार्टीको तर्फबाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीको चर्चा यस वर्षको विजया दशमीले पायो ।

धादिङ जिल्लामा भने दशैको समापन सँगै नीलकण्ठ वर्डा न. ११ का वडा अध्यक्ष तिलक बहादुर थापामगरको चर्चा परिचर्चा जारी नै छ । थापा मगर चर्चामा आउनुको कारण उनले आफ्नै वडाका दलितबाट टिका ग्रहण गरेका थिए ।

आफ्नो ट्रेकिङ व्यवसायलाई थाती राखेर चुनावी मैदानमा आएका थापामगरले माओवादी केन्द्रबाट चुनाव जितेका हुन् काठमाडौमा राष्ट्रपतिको चर्चा हुनु स्वभावीकै हो तर आफ्नो निर्वाचन क्षेत्रका सबै जात जाती भाषा भाषी समान रहेकोले अग्रज मामा कृण्ण बहादुर दमार्इको हातबाट टिका र जमरा ग्रहण गरेको हुँ यो कुनै चर्चाको विषय नभएको उनी बताउँछन् ।

हामी सबैको जनप्रतिनीधि हौं दशैं पनि मान्यजनबाट आर्शिवाद लिने पर्व भएकोले आफुले आर्शिवाद ग्रहण गर्दा कुनै नौलो विषय होईन धार्मिक सास्कृतिक र आधुनिकता सँग जोडिएको दशैं, तिहार, नेपाल सम्वत, छठ लगायतका पर्वहरु हामी नेपालीहरु कै हो सबै मिलेर मनाउने आपसी सद्भाव बाढ्ने एकता को सन्देश दिनेगरी मनाउनु पर्ने अध्यक्ष थापामगर बताउँछन् ।