सोयुज रकेटको आपत्कालीन अवतरण चालकद्वय सकुशल

Avatar photo
Dhadingpost
अशोज २६, २०७५

एजेन्सी, असोज २६ । एउटा रुसी सोयुज रकेटमा उडेको क्याप्सुललाई प्राविधिक गडबडिका कारण प्रक्षेपण गरिएको केही समयपछि नै कजाखस्तानमा सुरक्षित अवतरण गरिएको रुसी सञ्चारमाध्यमले जनाएको छ ।

सो क्याप्सुलमा चालक दलका दुईजना सदस्य रहेको बुझिएको छ। रुसी सञ्चारमाध्यम र अमेरिकी राष्ट्रिय अन्तरिक्ष तथा वायु निकाय नासाले रुसी तथा अमेरिकी अन्तरिक्ष यात्रीद्वय एलेक्स ओभ्चिनिन र निकै हेगको स्वास्थ्य अवस्था ठीक रहेको बताएका छन्। क्याप्सुल अवतरण भएको क्षेत्रमा खोजि तथा उद्धार टोली पुगिसकेका छन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) तर्फ उडेको यस रकेटको बुस्टरमा समस्या देखापरेको थियो।

हेग र ओभ्चिनिनको थुप्रै वैज्ञानिक प्रयोगका लागि सो स्टेसनमा बसेर ६ महिना काम गर्ने कार्यक्रम रहेको थियो।

सोयुज विश्वकै सबैभन्दा पुरानो डिजाइनको रकेटमध्ये एक भए पनि यसलाई निकै सुरक्षित मानिन्छ ।

नासाले बिट गरेको छ– ‘चालक दलले पृथ्वीमा फर्कनका लागि रकेटलाई ‘ब्यालेस्टिक डिसेन्ट मोड’ मा राख्नुपरेको थियो। यसो गर्दा सामान्य परिस्थितिको तुलनामा बढी कोण बनाएर यसलाई अवतरण गराउनुपरेको थियो।’ पूर्वी समयअनुसार बिहान ४ बजेर ४० मिनेट जाँदा आईएसईसतर्फ ६ घन्टा लामो उडानका लागि सोयुज रकेट प्रक्षेपण गरिएको थियो ।