विश्वकपको छनोटमा नेपालले थाइल्याण्ड लाई सातौं विकेट

Avatar photo
Dhadingpost
अशोज २१, २०७५

काठमाडौं, असोज २१ । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले थाइल्याण्डको सातौं विकेट लिएको छ ।

खेलको आठौं ओभरको दोस्रो, तेस्रो पाँचौं बलमा सन्दीप लामिछानेले थाइल्याण्डका दुर्इ ब्याट्सम्यानलार्इ पेभेलियन फर्काए ।

यसअघि खेलको पहिलो ओभरको छैठा‌ैं बलमा ललित राजभण्डारीले तथा दोस्रो ओभरको, दोस्रो बल र चौथो ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले दुर्इ विकेट लिएका थिए ।त्यस्तै करन केसीले खेलको सातौं ओभरको तेस्रो बलमा विकेट लिएका थिए ।

यसअघि थाइल्याण्डलाई नेपालले १७३ रनको चुनौती दिएको थियो । यतिबेला थाइल्याण्ड ७ ओभरको समाप्तिमा १७ रन बनाएर खेलिरहेको छ ।