पूर्वप्रधानमन्त्रीकी श्रीमती भ्रष्टचारको आरोपमा पक्राउ

Avatar photo
Dhadingpost
अशोज १८, २०७५

क्वालालम्पुर, असोज १८ । अरबौं डलर भष्टाचारसहित अन्य मुद्दाको आरोपमा रोसमाह मन्सुरलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको छ ।

मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ ।

उनका श्रीमान् तथा मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई पनि भ्रष्टाचार र मुद्रा अपचलनलगायतको आरोप लागेको छ । उनले १५ वर्ष जल सजाय भोग्नुपर्नेछ ।

उनीमाथि पदको दुरुपयोग गरेको आरोप पनि लागेको छ। उनी केही वर्षदेखि अलोकप्रिय काम गर्दै आएको समेत बताइएको छ । रोसमाहका अधिवक्ता कुमाराएन्ड्रानले उनी पक्राउ परेको पुष्टि गरेको समाचारमा जनाइएको छ । मलेसियाको भष्टाचार नियन्त्रणसम्बन्धी निकायले रोसमाहमाथि केही प्रश्नहरु उठाएपछि उनी पक्राउ परेको बताइएको छ ।