एजेन्सी, असोज १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उत्तर कोरियाली समकक्षी किम जोङ उनसँग सुध्रिदैँ गएको सम्बन्धलाई अर्को उचाई दिएका छन् ।
उनले आफ्ना समर्थकहरुको समक्ष एउटा रेल्लीमा पत्रहरुको आदानप्रदानबाट नेता किम र आफूबीच प्रेम भएको बताएका छन् ।
पश्चिम भर्जिनियामा आयोजना भएको एउटा रेल्लीमा ट्रम्पले भने, ‘म एकदमै रुखो भएको थिए र उनी पनि त्यस्तै भएका थिए र हामी सँगसँगै गयौं र हामी प्रेममा पर्यौ हैन वास्तवमै उनले मलाई सुन्दर पत्रहरु लेखे र ती पत्रहरु साँच्चै सुन्दर थिए ।
सिंगापूरको वार्तापछि द्विपक्षीयरुपमा कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने प्रतिबद्धता जनाएका दुई नेताबीच निकट भविष्यमा अर्को दोस्रो शिखर वार्ता आयोजना हुने सम्भावना छ ।
