राधा २’मा प्रियंकाको जोडी आयुष्मान

Avatar photo
Dhadingpost
अशोज १४, २०७५

काडमाडौ, असोज १४ । नेपालकी चर्चित नायिका प्रियंका कार्की पछिल्लो समय काथा काढमान्डौ बाट झन चर्चामा आएकि हुन् ।

प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरिसकेका छन् । काममा अत्यन्त व्यस्त भएकाले अर्को बर्षमा मात्र बिहे गर्ने उनीहरुको योजना छ ।

तर, प्रियंकासँग जोडिएपछि भने नायक आयुष्मान देशराज जोशीको करिअरमा धेरै परिवर्तन आएको छ । नायिका प्रियंका कार्कीले केही समय अगाडि नै साइन गरेको चलचित्र ‘राधा २’मा आयुष्मान पनि जोडिएका छन् ।

निर्देशक योगेश घिमिरेले भने९‘हामीले रियल लाइफ जोडी भएर वा कसैको दबाबमा आयुष्मानलाई लिएका होइनौ । यो म्यूजिकल लभ स्टोरी चलचित्र हो । यसमा आयुष्मान पोख्त लागेर लिएका हौ ।

कात्तिकको ८ गतेबाट यो चलचित्रको छायांकन पूर्वका विभिन्न रमणिय स्थानमा हुनेछ । चलचित्रमा एक जना नयाँ नायकको पनि मुख्य भूमिका रहनेछ । तर, उनलाई पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गरिने योगशले बताए । प्रियंका र आयुष्मानले चलचित्र ‘कथा काठमाण्डु, चंगाचेट, एउटा यस्तो प्रेम कहानी’मा एकसाथ काम गरिसकेका छन् ।