पाकिस्तानलाई हराउँदै बगलादेश फाइनलमा

Avatar photo
Dhadingpost
अशोज ११, २०७५

काठमाडौं, असोज ११ । बंगलादेशले पाकिस्तानलाई ३७ रनले हराएको छ र एसिया कपको फाइनलमा भारतसँग भेट पक्का गरेको छ ।

पाकिस्तानका दुनिज खानको घातक बलिङ गरेपछि बंगलादेशको सुरुवात खराब थियो । उसले १२ रन जोड्दा ३ विकेट गुमाएको थियो ।

जवाफमा मैदान उत्रिएको पाकिस्तानको पनि सुरुवात राम्रो हुन सकेन । लगातार विकेट गुमाएको पाकिस्तानले इमाम उलहलको ८३ रनको पारीका बाबजुद ९ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका मुस्तफिजुर रहमानले ४३ रन दिएर ४ विकेट हात पारे ।

तर, मुस्फिकर रहिमको ९९ रनको महत्वपूर्ण पारीसँगै बंगलादेशले ७ बल बाँकी छँदा सबै विकेट गुमाएर २३९ रन बनायो । पाकिस्तानका जुनिद खानले मात्र १९ रन दिएर तीन विकेट लिए ।