मनछुने (प्रेम)कथा

Avatar photo
Dhadingpost
अशोज १०, २०७५

मनछुने (प्रेम)कथा
थोरै समय निकालेर पढ्दिनु होला।

एक सुन्दर जोडि थिए केटा र केटि धेरै बर्ष माया प्रेम बसे पछि विवाह गर्छन , विवाह पछि त झन माया प्रेम पनि धेरै बड्दै जान्छ,दुबै जना धेरै नै खुशि र एक सुखि परिवारका साथ रमाउदै जिवन निर्वाह गरि रहेका हुन्छन। बिहान बेलुका श्रीमती पुजा पाठ गर्न गरेर सधै आफ्नो पतिको लामो आयु होश भनि भगवानसग प्रार्थना गर्थिन ।

अनि श्रीमान भने दिन भरि काम गरेर आउथे , दिन भरि मजदुरी गरेर एक नया जिबनको नया सुरुवात श्रीमतीलाई खुशि राख्ने पतिको सोच थियो । एकदिन बिहानै केटा काममा जान्छ।तर बेलुका साझ परिसक्दा पनि फर्कदैन ।

श्रीमान घर नफर्के पछि केटि धेरै आत्तिन्छिन,धेरै पल्ट फोन तचथ गर्छिन तर मोबाईल हुन्छ , रात भरि आफ्नो श्रीमान आउने आशामा ढोकामा बसेर कुरी रहन्छिन ,

भोलीपल्ट बिहानको बजे पछि केटा घर आउछ, तब श्रीमतीलाई उसले ढोकामै देख्छ।अनि

श्रीमानले भन्छः किन रुदै ढोकामा बसेकि नि, आऊ उठ भित्र जाऊ ,

अनि श्रीमतीले भन्छिनः तपाई रात भरि कहा जानु भएको थियो ?

श्रीमान केहि नबोलि कोठा तिर जान्छ र सुत्छ ।

भोली पल्ट श्रीमतीले भन्छिनः ए हजुर ।। काममा जानु हुन्न ?

श्रीमान झर्केर बोल्छ कि तलाई के को मतलब

दिन बित्दै जान्छ ।। र घरमा पनि झगडा बढ्दै जान्छ ,

एक महिना पछि , केटाले केटिसग माग्छ ,

तर केटीले मान्दिनन ,श्रीमतीले नमाने पछि , केटाले जबरजस्ती उनलाई गर्न लाउछ । त्यसपश्चात केटाले घर छोडेर जान्छ।

श्रीमान आउने आशामा केटि दिन रात रुदै बस्छिन, तर केटाको कुनै अत्तोपत्तो चल्दैन । एक पेट पाल्न भए पनि केटिले एक अफिशमा काम खोजेर काम गर्छिन ।

एक बर्ष पछि 

केटी सगै को अफिशमा एक काम गर्ने केटाले केटीलाई प्रेम प्रश्ताव राख्छ ,केटि पनि मजबुर थिइन।यति लामो जिन्दगी एक्लै त जिउन सकिदैन भनेर बिहेको लागि राजी हुन्छिन । तर केटिको मनमा पहिलेको केटाको लागि अझै माया रहेको हुन्छ ।

विवाहको दिन अफिशको केटासग केटि को विवाह हुदै थियो । बिहेको मन्डपमा पन्डित मन्त्र पढदै थिए, अनि केटाले केटीको सिउदोमा सिन्दुर लगाई सके पछि , अचानक ,एक पागल जस्तो केटा दाह्री पनि लामो लामो पालेको, कपाल पनि जिग्रिङ्ग परेको हातमा थालि बोकेर बिहेको मन्डपमा आयो ।

अनि एक भगवानको मुर्ति र पत्र केटीको हातमा दिएर गयो ,केटि अचम्ममा परिन, केटिले त्यो पागलले दिएर गएको एक मुर्तिलाई हेर्दै आखा भरि आशु पारिन किन कि त्यो मुर्ति पहिलाको केटालाई उनले मायाको चिनो स्वरुप दिएकि थिइन।अनि केटीले पत्र खोलेर पढ्न लाग्छिन ।।

पत्रमा लेखिएको थियो ।।

मेरो प्राण भन्दा प्यारी मेरी सानु ,म तिमीलाई अझै पनि धेरै माया गर्छु। म चाहान्थे कि तिमी मेरो हैन अरु कसैकि बन भनेर किन कि मलाई क्यान्सर छ । जुन दिन तिमी रुदै ढोकामा बसिकि थियौ।त्यहि दिन म काम गर्ने ठाउमा काम गर्दै गर्दा मुख बाट रगत निक्लन पुग्यो र त्यस पश्चात म डाक्टरलाई जचाएर रिपोर्ट हेर्दा मलाई क्यान्सर छ भनेर डाक्टरले भने ।

त्यसैले म टेन्सनले घर पनि गईन।म एक दिन घर नजादा त तिमी रात भरि छटपटियौ भने म संसारबाट बिदा हुने बेला तिम्रो हालत कस्तो होला म यो ससारबाट टाढा हुदैछु , सानू तर अब तिमीले आफ्नो नया जिबन सुरुवात गर्दैछौ ,म कति नै दिन बाच्छु होला र ?

त्यसैले तिम्रो जिवनमा म थिए भनेर कहिल्यै नसोच्नु ल । माया पाउनु मात्र हैन गुमाउनु पनि माया हो , पिलिज मलाई खोज्ने कोशिश नगर्नु ।

उहि तिमीलाई माया गर्ने अभागीबाट अन्तिम बिदा

केटि तर्फ दौडन्छिन, तर केटा देखिदैन र रुदै रुदै नया जिवनको शुरुवात गर्छिन ।

मोरलः साचो माया गर्ने प्रेमीहरुले आफ्नो प्यारो मानिसको भविष्य कहिल्यै खराब बनाउदैनन् । कसैलाई पाउनु मात्र साचो प्रेम हुदैन, कसैको मनमा ठाउ बनाउनु नै साचो प्रेम हो