एजेन्सी, असोज १० । सम्बोधनका क्रममा ट्रम्पले अमेरिकाको इतिहासमै आफ्नो नेतृत्वले अन्य कसैको तुलनामा धेरै काम गरेको दावी गरेपछि हाँसोले सभा गुञ्जिएको छ ।
महासभामा सहभागीहरु एकसाथ हाँसेपछि ट्रम्प अलमलमा परेका थिए । तर तत्कालै मुस्काउँदै उनले परिस्थितिलाई सामान्यीकरण गर्दै भने, ‘मैले यस्तो प्रतिक्रियाको अपेक्षा गरेको थिइनँ ।
उनले आफ्नो भनाइलाई प्रष्ट्याउँदै अगाडि भने, ‘अमेरिका यसअघि यति बलियो, धनी र सुरक्षित कहिल्यै थिएन ।
ट्रम्पले उत्तर कोरियासँग नरम र चीनसँग कडा व्यवहारको बचाउसमेत गरे । उनले राष्ट्रवादलाई अमेरिकी नागरिकको अधिकार र स्वतन्त्रताको रक्षा गर्ने एकमात्र विकल्पका रुपमा अघि सारे । उनले विश्व स्वास्थ्य संगठनको समेत आलोचना गरे । विश्व स्वास्थ्य संगठनका तर्फबाट अब अमेरिकाले थप ‘उत्पीडन’ नसहने उनको भनाइ थियो ।
