पाकिस्तानलाई हराउँदै भारत एसिया कपको फाइनलमा

Avatar photo
Dhadingpost
अशोज ८, २०७५

एजेन्सी, असोज ८ । आइतबार राती भएको सुपर फोरको खेलमा पाकिस्तानलाई ९ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ ।

भारतलाई जिताउन शिखर धवन र कप्तान रोहित शर्माले २१० रनको ओपनिङ साझेदारी गरेका थिए । शिखरले ११४ रन बनाउँदा कप्तान रोहित १११ रनमा नट आउट रहे । यसैगरी अम्वाती रायडु १८ रनमा नट आउट रहे । शिखर धवनको करियरको २६औं तथा एसिया कपको दोस्रो शतक हो ।भारत पाकिस्तानमाथि ९ विकेटको जित दर्ता गर्दै ४ अंक सहित शीर्ष स्थानमा छ ।

उक्त खेलमा पाकिस्तानलाई भारत ले फराकिलो अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।युएईको दुबईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धातिर ओभरमा ७ विकेट गुमाएर २३७ रन बनाएको थियो । २३८ रनको लक्ष्य भारतले ३९-३ ओभरमा मात्र एक विकेट गुमाएर भेटाएको ।