खानापछि सुप खानुका यस्ता छन् फाइदा

Avatar photo
Dhadingpost
अशोज ७, २०७५

धादिङ, असोज ७ । खाना खाएपछि धेरै मानिसहरुले सुप चपाउने गर्छन न यसलाई अघाउने गरी खाइन्छ, न त कुनै तलतल मेट्नलाई । त्यसो भए सुप किन खाइएको होला खाना खाइसकेपछि सुप चपाउनुको फाइदाहरु

  • सुपले कब्जियतको समस्या हुन दिँदैन ।
  • यसलाई चिनी वा मिश्रीसँग मिलाएर खाएमा यसको समस्या हट्नुका साथै कब्जियतबाट राहत दिन्छ ।
  • सौप तथा मिश्रीको चुर्णलाई मनतातो पानीसँग दैनिक सेवन गरेको खण्डमा दृष्टि क्षमता बढ्छ ।
  • सुपलाई बेलको गुदीसँग बिहान बेलुकी चपाएको खण्डमा अर्जीर्ण कम हुनुका साथै पखाला थामिने गर्छ ।
  • खोकीमा पनि सुप निकै उपयागी मानिन्छ । सुपको साथमा मह मिलाएर खाएमा खोकीको समस्या हटेर जान्छ ।
  • खानापछि सुप खानाले खाना राम्ररी पच्छ । सुपलाई जिरा तथा कालो मरीचसँग मिलाएर चूर्ण बनाई मनतातो पानीसँग खाएमा यसले राम्रो पाचकको रुपमा काम गर्छ ।
  • सुपलाई चपाएर खानाले बसेको घाँटी खुल्नुका साथै घाँटीको समस्या हटेर जान्छ ।
  • दैनिक रुपमा सुपलाई चपाएर खानाले छालामा समेत चमक आउँछ ।
  • हात तथा खुट्टा झमझमाएमा वा हात खुट्टा पोल्ने समस्या भएमा पनि सुप र धनियाँलाई बराबर मात्रामा मिलाएर त्यसको मिश्रण बनाएर मिश्री पानीसँग खानाले पनि हातखुट्टा पोल्ने समस्या कम भएर जान्छ ।