सरकारले सन्दिपलाई ‘प्रवल जनसेवा श्री–चतुर्थ श्रेणी’ प्रदान गर्ने

Avatar photo
Dhadingpost
अशोज ४, २०७५

काठमाडौं, असोज ४ । चर्चित नेपाली क्रिकेटका सदस्य सन्दिप लामिछानेले यो वर्षको ‘प्रवल जनसेवा श्री–चतुर्थ श्रेणी’ मानपदवी पाउने भएका छन् ।

सन्दिप चर्चित भारतीय प्रिमियर लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली बन्न सफल भएका थिए भने यसै बर्ष उनले ग्लोबल टि–२० क्यानडा र क्यारेबियन प्रिमियर लिग टि–२० मा समेत छनौट भइ उत्कृष्ट प्रदर्शन समेत गरेका छन् । यति मात्रै होइन सन्दिपले गत साता अफगानिस्तान प्रिमियर लिगमा पनि अनुबन्ध भएका छन् ।

२०१६ मा नेपाली राष्ट्रिय टिममा छनौट भएका सन्दिपले त्यस अघि २०१६ यु–१९ बिश्वकपमा आयरल्याण्डसँग ह्याट्रिक लिएका थिए भने प्रतियोगिताकै उत्कृस्ट खेलाडीको आइसीसीको सूचीमा समेत परेका थिए ।

गृह मन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘प्रवल जनसेवा श्री-चतुर्थ श्रेणी’ पाउने सूचीमा खेलकुदबाट सन्दिप सहित, रेस्लर भारत बहादुर बिसुराल, कराते खेलाडी संजु महर्जन, एथलेटिक्स प्रशिक्षक धनीराम चौधरी रहेका छन् । यस्तै भर्खरै इन्डोनेसियामा आयोजित एसियन गेम्समा रजत पदक जित्ने नेपाली प्याराप्याराग्लाइडिङ टिमलाई सरकारले सुकीर्ति पदकबाट सम्मान गर्नेछ।