बिस्तारै बिस्तारै चाडपर्वहरु आउदा खेरी
व्यर्थ लाग्छ मलाई तिज तिहारले छाउदा खेरी
खै कुन्नी के थियो या भाग्यमा नै थिएन
पीडा हुन्छ दिदीबैनि भन्न नपाउदा खेरी
कहिले काहीँ सपनिमा कराउने रैछु म त
बोल्ने कोहि हुन्न थिए मैले बोलाउदा खेरि
आँखा भरि आँसुको तलाउ हुन्छ मेरो
मनै छुने दिदिभाइका गितहरु गाउदा खेरी

अविरल आँसु श्रेष्ठ गोपि गोफ्ले कान्छा
सिद्धलेक गापा नलाङ
