एजेन्सी, भदौ २० । पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले स्पेनिस कर अधिकारीले लगाएको एक वर्षको जेल सजाय स्वीकार गरेका छन् ।
उनलाई स्पेनीस क्लब रियल मड्रिडमा रहदा ३–३ मिलियन युरो कमाइको कर छलिको आरोप लागेको थियो ।
स्पेनी कानुनका अनुसार पहिलो पटकको अपराधका लागि दुई वर्ष भन्दा कमको सजाए जरिवाना तिरे पुग्ने व्यवस्था गरिएको छ । सोहि कारण म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोउरिन्होलाई कर छलिको ओरोपमा एक वर्षको जेल सजाए सुनाएपनि उनले जरिवाना तिरे पुग्ने भएको हो ।
स्पेनिस अदातले बार्सिलोनाका लिओनल मेस्सी र पूर्व रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोलाई पनि यसै सम्बन्धमा रहेर कर छलिको आरोप लगाएको थियो । दुवै खेलाडीको केस पनि यसैअनुसार समाप्त भइसकेको छ ।
