एजेन्सी, भदौ २० । जापानमा हावाहुरी तथा भारी बर्षाको कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएको छन् ।
तेज हावाले घरको छतहरु उडाईदिएको छ, पुलमा रोकिएको ट्रक समेतलाई लडाएको छ र ओसाका खाडीमा रहेको जहाजलाई पनि आफैसँग उडाएको छ ।
ट्याङकर पुलसँग ठोक्दिा पुलमा पुगेको क्षतीको कारण कंसाई अन्तराष्ट्रि विमान स्थल मुख्य द्धिपसँगको वाटो विक्षेद भएको छ । यही कारण करीब ३ हजार मानिसहरु फसेका छन् । विमान स्थलका अधिकारी अनुसार पुलमा पुगेको क्षतीको आकलन गरीरहेका छन् यद्यपी, उनले यो बताएका छैनन् कि यात्रीहरु कहिले आफनो गन्तब्यमा पुग्छन् ।
मौसम एजेन्सिका प्रमुख अनुमानकर्ता रयुतथा कुरोराले बताए अनुसार जेबी आफनो केन्द्रबाट १६२ किलोमिटर प्रति घण्टाको रफ्तारले चल्न सक्छ ।
तेज हावा तथा उचालीएको छालको कारण विमान स्थल पानीले भरीएका कारण कैयौ उडान रद्ध गर्नु परेको थियो । पश्चिमि जापानमा मध्यान्हमा २१६ किलोमिटर प्रति घण्टाको रफ्तारले चलेको हावाहुरी जेबीमा आइपुगेको थियो । यो इलाका यो बर्ष अध्यधिक गर्मीले भरखर सामान्य स्थितिमा आएको थियो ।
