मेस्सी बार्साका स्टारसँग किन खुसी छैनन् ?

Avatar photo
Dhadingpost
भदौ १५, २०७५

बार्सिलोना (एजेन्सी), भदौ १५ । बार्सिलोनाका कप्तान लिओनेल मेसीले बार्साका एक फरवार्डसँग आफु खुसी नभएको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मेस्सीले ओसमाने डेम्बले बार्साको लयमा खेल्न अझै तयार नभएको उनले बताएका हुन् । यसै कारण मेसी हाल सुआरेज र फिलिप्पे काउटिन्होसँग समन्वय गर्न खोजिरहेका छन् । त्यसैले पनि मेस्सी र सुआरेज पेरिस सेन्ट जर्मनका स्टार मिडफिल्डर एड्रियन राबिओटलाई क्लबमा अनुबन्ध गर्न चाहन्छन् ।

यो खबर सुनेर डेम्बले खुसि नभए पनि उनी आफ्नो सहकर्मीको समर्थन खोजिरहेका चहन । उनी आफ्नो बार्सिलोना करियरलाई अगाडी बढाउन प्रयासरत छन् ।

डेम्बलेले यस सिजन बार्सिलोनाका लागि केहि महत्त्वपूर्ण गोल गरेका छन् । खासगरी स्पेनीस सुपर कप र जारी लिगमा भलाडोलिडका विरुद्ध उनले एक गोल गरेका थिए । डेम्बले गतबर्ष मात्र बोरुसिया डर्टमन्डबाट बार्सा पुगेका हुन् । उनले गत वर्ष ला लिगाका १७ खेलमा तीन गोल गरेका थिए ।