न्योन, भदौ १५ । इंग्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तान डेभिड युइएफए प्रेसिडेन्ट्स अवार्डबाट सम्मानित भएका छन् ।
च्याम्पियन्स लिग समूह चरणको ड्रको अवसरमा बिहीबार बेकह्यामलाई युइएफएका अध्यक्ष अलेकजेन्डर केफेरिनले अवार्ड प्रदान गरेका हुन् ।
‘यो महत्वपूर्ण इभेन्टमा अवार्ड प्राप्त गर्दा गर्व महसुस गरेको छु’, ४३ वर्षे बेकह्यामले भने, ‘म यो अर्थमा भाग्यमानी छुकी मैले केहि ठूला क्लब, केहि उत्कृष्ट खेलाडी, टोली र प्रशिक्षकको अधिनमा खेल्न अवसर पाए । युइएफएका अध्यक्ष केफेरिनले बेकह्यामको तारिफमा भने, ‘हामी सबैले उनको खेल जीवनलाई हेरेका छौं । उनी उत्कृष्ट खेलाडी हुन् । उनी आफ्नु पुस्ताका आइकन हुन् ।
म्यानचेस्टर युनाइटेडमा दशक लामो खेल जीवन बिताउनले क्रममा बेकह्यामले सन् १९९२ मा टोलीका लागि च्याम्पियन्स लिग उपाधि जितेका थिए । युनाइटेडमा ६ वटा प्रिमियर लिग उपाधि जितेपछि २००३ मा रियल म्याड्रिड पुगेका उनले त्यहाँ चार वर्ष बिताएका थिए । एलए ग्यालेक्सीबाट समेत खेलेका उनले केहि सयम लोनमा एसी मिलानबाट खेले र २०१३ मा पेरिस सेन्ट जर्मेनमा रहँदा खेल जीवनबाट विश्राम लिए ।
फ्रिकिकमा माहिर मानिने बेकह्यामले इंग्ल्यान्डका लागि १ सय १५ खेल खेल्द १७ गोल गरेका थिए । उनले खेल जीवनमा तीन पटक विश्व कप र दुई पटक युरो कप खेले । २० वर्षे खेल जीवनमा ७ सय ६२ खेल खेलेका उनले १ सय ३० गोल गरे । युइएफए टिम अफ दि इयरमा २००१ र २००३ मा पर्न सफल बेकह्याम १९९९ को बालोन डि ओरका उपविजेता हुन् ।
