अम्बानीको ड्राइभर बन्नको लागि परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

Avatar photo
Dhadingpost
भदौ १३, २०७५

एजेन्सी, भाद्र १३ । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।

उनको घरको बारेमा पनि निकै चर्चा गरिन्छ । घरमै हेलीप्याड भएको, प्राकृतिक तापक्रमको व्यवस्था भएको, ५ सय भन्दा बढी गाडी भएको, र घरमा उपलब्ध सुख र सुविधाको कारण उनको घरलाई स्वर्ग भन्ने गरिन्छ ।

आज हामी अम्बानीको पारिवारिक मामिलाभन्दा फरक विषयमा जानकारी गराउँन गइरहेका छौ । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा कसरी मुकेश अम्बानी आफ्नो ड्राइभर चुन्छन ?

जुन कम्पनीले ड्राइभरको पूर्ण प्रशिक्षण गर्ने र उनीहरुलाई पूर्ण सुनिश्चित गरिन्छ । यो पनि सिकाइन्छ कि कुन समस्या ड्राइभरले कसरी हल गर्ने र उनीहरुलाई २ लाभ भारतीय रुपैँया तलब दिने गरिएको छ ।

भिडियोमा भनिएको छ कि मुकेश अम्बानीको घरमा नोकर बन्नको लागि मात्र होइन ड्राइभर बन्नको लागि पनि कडा मेहनत गर्नुपर्ने हुन्छ । जसको लागि विभिन्न परिक्षण गरिने र उनको ड्राइभर बन्नको लागि कम्पनीलाई नै ठेक्का दिने बताइन्छ ।