अफगानिस्तानमा राष्ट्रपति भवन नजिक रकेट प्रहार

Avatar photo
Dhadingpost
भदौ ५, २०७५

एजेन्सी, भाद्र ५। तालीवान लडाकुहरुले काबुलस्थित राष्ट्रपति भवनतर्फ रकेट प्रहार गरेको अफगानी प्रहरीले बताएका छन् ।

वक्तव्यका क्रममा राष्ट्रपति घानीले विस्फोटनको आवाज सुनेपछि आफ्नो सन्देशलाई रोक्दै भने,‘उनीहरु सोच्छन् कि रकेट हमलाले अफगानीहरुलाई तल पार्ने छ तर तिनीहरु गलत छन् ।

प्रहरीका अनुसार तालीवानद्वारा प्रहार भएको पहिलो रकेट राष्ट्रपति भवन नजिक र दोस्रो काबुलस्थित अमेरिकी राजदूतावास र नेटो परिसरमा गराइएको थियो । तर कुनै क्षतिको विवरण भने आएको छैन ।

घटनाको क्रममा राष्ट्रपति अस्रफ घानी इस्लामी पूर्व इद अल अदाहको अघि शुभकामना सन्देश दिइरहेका थिए ।

प्रहरी अधिकारी जान अघाका अनुसार मंगलबार टेलिभिजनद्वारा प्रसारित गरिएको घानीको वक्तव्यमा रकेट झरेका आवाजहरु सुनिएका थिए । तर घटनामा कुनै हताहती नभएको बताइएको छ ।