गम्भीर बिरामीलाई भेन्टिलेटरमा किन राखिन्छ रु

Avatar photo
Dhadingpost
भदौ १, २०७५

एजेन्सी, भदौ १ । अधिकांश गम्भीर खालका बिरामीलाई अस्पतालमा भेन्टिलेटरमा राखिन्छ । तर भेन्टिलेटर भनेको के हो ? किन बिरामीलाई यसमा राखिन्छ ? भेन्टिलेटरमा राखेपछि छिट्टै सन्चो हुन्छ ? आखिर भेन्टिलेटरको वास्तविकता के हो त ? आज म पेशागत दायरामा रहेर सबैले बुझ्ने गरी भेन्टिलेटरको बारेमा बुझाउन कोशिस गर्दैछु ।

एउटा स्वस्थ मानवले श्वासप्रश्वास प्रक्रियामा वातावरणको अक्सिजन तानेर फोक्सोमा पु¥याउँछ र त्यही अक्सिजन शरीरको रगतमा मिसिदैँ जान्छ । यसै क्रममा बनेको शरीरलाई नचाहिने तत्व कार्बनडाइअक्साइड फेरि फोक्सो हुँदैं नाकबाट बाहिर फालिन्छ ।

यो प्रक्रियामा खराबी आउँदा अक्सिजनको कमीले कार्बनडाइअक्साइड बाहिर निकाल्न नसकेर बिरामीको श्वासप्रश्वासमा गडबडी हुन्छ । यो गडबढी शरीरले धेरै धान्न सक्दैन । भेन्टिलेटर भनेको एउटा मेसिन हो । मेकानिकल सन्चालन गर्ने भएकाले मेकानिकल भेन्टिलेटर भनिन्छ जसले बिरामीलाई श्वासप्रश्वास गराएर फोक्सोमा पु¥याउँछ र कार्बनडाइअक्साइड फोक्सोबाट बाहिर निकाल्छ। यसरी एउटा स्वास्थ्य प्रणालीले गर्ने काम मेसिनले गर्छ ।

कस्तो बिरामीलाई भेन्टिलेटरमा राख्ने ?

भेन्टिलेटरमा राख्नुपर्ने अवस्था प्रायजसो श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको समस्या एक्युट रेस्पीरेटरी सिस्टमको रोगका बिरामीलाई राखिन्छ । एआरडीएस भनेको फोक्सोको काम लगभग नगन्य रुपमा भएको अवस्था हो । श्वासप्रश्वांसमा हानी पुगेका दमका बिरामी, स्नायु प्रणालीमा खराबी, स्पाइनल कर्ड इन्जुरी भएका, जटील शल्यक्रिया जस्तै टाउका, छाती, मुटु तथा पेटका लामो समय लाग्ने अप्रेसन अर्थात् अप्रेशन गर्नुभन्दा पहिला नै गम्भीर रोगले ग्रस्त बिरामीलाई भेन्टिलेटरको सहायताले संघन उपचार गरिन्छ ।

भेन्टिलेटरमा बिरामी राखेपछि छिटो निको हुन्छन् त ?

होइन । यो पटक्कै होइनm । भेन्टिलेटर त श्वासप्रश्वासमा सहयोग पुर्‍याउने एउटा मेसिन हो, जसमा बिरामीको अबस्थाअनुसार फरकफरक तरिकाले फोक्सो र शरीरलाई चाहिने अक्सिजन तथा कार्बनडाइअक्साइड मिलाइन्छ। यिनको प्रयोग गरेर फोक्सोलाई आराम दिइन्छ र भ्युट्राइलेसन गरिन्छ। तर प्रमुख रोगको उपचार गरेर निको भएपछि र फोक्सोले आफैं काम गर्न थालेपछि मात्र बल्ल भेन्टिलेटर निकालिन्छ। उदाहरणका लागि कुनै व्यक्तिको फोक्सोमा हावा भरिने ठाउँमा पानी, पीप जमेको छ भने त त्यसको उपचार औषधिलगायतले गरिन्छ। बिरामी बिस्तारै ठीक भएर फोक्सोले पनि बिस्तारै श्वासप्रश्वासको आफ्नो काम गर्न थाल्छ। अनिमात्र भेन्टिलेटरले फेराएको श्वासप्रश्वास कम गर्दै लैजान सकिन्छ। बिरामीले आफ्नो श्वासप्रश्वास आफैं धान्न सक्ने भएपछि बल्ल भेन्टिलेटर निकालिन्छ। त्यसैले भेन्टिलेटरमा कति दिन राख्ने, कति खर्च लाग्छ भनेर जिज्ञाशा राख्नेले यसरी बुझ्नु पर्छ ।

भेन्टिलेटरमा राखेको बिरामीलाई कुनै जटील समस्या त हुँदैन नि ?

मेकानिकल भ्युुट्रिलेटर भनेको जीवन बचाउने (लाइफ सेभिङ) मेसिन हो । यसमा मुखमा उपयुक्त आकारको इन्डोट्र्याकल ट्युुब राखेर फोक्सोको नलीमा पु¥याइन्छ र भेन्टिलेटर मेसिनमा जोडिन्छ र श्वासप्रश्वास गराइन्छ । तर धेरै दिन भेन्टिलेटरमा नै राख्नुपने बिरामीलाई भेन्टिलेटरसम्बन्धी निमोनिया (भेन्टिलेटर एशोसियटेड निमोनिमा–भाप) हुनसक्छ, यसको उपचार पनि त्यति सजिलो छैन । त्यसैले फिजिओथेरापी गराउनुपर्छ ।