काठमाडौं, भदौ १ । एसियाली खेलकुदको पुरुष फुटबलअन्तर्गत नेपाल लगातार दोस्रो खेलमा पराजित भएसँगै अन्तिम १६ को सम्भावना कठिन बनेको छ ।
समूह ‘डी’को दोस्रो खेलमा नेपाल बिहिबार साँझ भियतनामसँग २–० ले पराजित भयो ।
प्रतियोगितामा सबै ६ समूहका शीर्ष दुई टोली सोझै नकआउट चरण पुग्छन भने तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि अन्तिम १६ पुग्ने व्यवस्था छ । अब नेपालले अन्तिम खेलमा शनिबार दक्षिण एसियाली प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध उत्कृष्ट नतिजा निकालेमा तेस्रो स्थानमा रहँदै प्रि क्वार्टरफाइनलमा स्थान बनाउने झिनो सम्भावना छ ।
यो नेपालको लगातार दोस्रो हार हो। यसअघि पहिलो खेलमा नेपाल जापानसँग पराजित भएको थियो । यता पहिलो खेलमा पाकिस्तानलाई ३–० ले हराएको भियतनामले अन्तिम १६ मा स्थान पक्का गरेको छ । जापानले पनि दोस्रो खेलमा बिहबार नै पाकिस्तानलाई ४–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
