इंग्ल्यान्डका पूर्वखेलाडीले भारतीय क्रिकेट टीमको उडाए मजाक

Avatar photo
Dhadingpost
साउन ३०, २०७५

काठमाडौं, साउन ३० । इंग्ल्यान्डमा पाँच टेस्ट म्याच शृंखला खेलिरहेको भारत पहिलो दुई टेस्टमा हारेको छ ।

टेस्ट वरीयतामा शीर्ष स्थानमा रहेको भारतले गरेको लज्जास्पद प्रदर्शनले भारतीय प्रशंसक र पूर्व भारतीय खेलाडीलाई मात्र निराश पारेको नभई इंग्ल्यान्डका पूर्वखेलाडीलाई पनि अचम्ममा पारेको छ ।

इंग्ल्यान्डका दुई पूर्वकप्तानले भारतको प्रदर्शनलाई हाँसोमा उडाएका छन् ।

भारतको ब्याटिङले बोयकटलाई रिस उठायो । उनले भने, ‘भारतीय ब्याट्स्म्यानहरू आउट हुने तरिकाबाट नै उनीहरूको तयारी नपुगेको देखिन्छ । उनीहरू आउटस्विङ बललाई मिडविकेटमा खेल्ने कोशिश गरिरहेका थिए । यसले गर्दा बोल्ड हुँदा वा ब्याटको छेउमा लागेर आउट हुँदा पनि आश्चर्यमा परेको जस्तो देखिन्थे । बललाई कहिले पनि आफ्नो प्याडनजिक खेल्नुहुँदैन ।

पूर्वकप्तान नासिर हुसैन भन्छन्, ‘भारतीय टोलीका किशोरले इंग्ल्यान्डका परिपक्व खेलाडीसँग खेलेको जस्तो पो देखियो ।

अर्का पूर्वकप्तान ज्योफ्री बोयकटले भने, ‘अहिलेको भारतीय टोली कुनै तयारी नै नगरी आफैंमा मुग्ध भएर इंग्ल्यान्डमा खेल्न आएछ । भारतमा जस्तो सुक्खा पिच इंग्ल्यान्डमा हुँदैन र सजिलै रन बनाउन सकिँदैन भनी उनीहरूले बुझ्नुपर्छ ।

नासिर हुसैन भन्छन्, ‘पहिलो टेस्टमा विराट कोहलीले भारतीय टीमलाई अन्तिमसम्म पनि संघर्ष गराए । तर उनलाई कम्मरमा चोट लाग्नु टीमका लागि चिन्ताको विषय हो । यसबाहके अश्विनको औंलामा पनि चोट लागेको खबर छ । भारतको ब्याटिङ अर्डरका लागि यो चिन्ताजनक खबर हो ।