
धादिङ साउन २५ । प्रसिद्ध झमककुमारी घिमिरेको बारेमा त हामी सबैले सुनेका छौं ।
यस्तै तर अलि प्रथक स्वभावकी एक बालिका छिन्, धादिङ साविकको नलाङ गाविसमा, यी बालिका खुट्टाले तस्वीर बनाउले देखि सबै काम गर्न सक्छिन् ।
हामीले ०७२ साल माघ ७ गते धादिङपोष्टमा यी नै प्रतिभावान बालिकाको बारेमा समाचार लेखेका थियौं । समाचार प्रकाशन पछि विभिन्न संघ संस्थाहरु फोटो र भिडियो खिच्न उनको घर पुगे तर सहयोग कहि कतैबाट नभएको बुबा डिलबहादु गुरुङ बताउँछन् ।
बोल्न नसक्ने दुबै हात पछाडी फर्किएको र दुबैहातले काम नगर्ने यी बालिका अहिले ११ वर्षकी भईन, खेट्टाले नमस्कार गर्ने खुट्टाले नै खाने सुन्दर हुबहु तस्वीर कोर्ने गर्दछिन् ।
हाँसि रहने स्वभावकी यी विपनालाई उपचार गर्न अस्पताल लान परिवारले आर्थिक अभावका कारण सकिरहेको छैन । दिनभर ज्यालादारी गरेर हिड्ने डिलबहादुर गुरुङ भन्छन्, छोरीको क्षेमता देखेर दंग पर्छु खुट्टाले सबै काम गर्न सक्छे हिड्न भने हात पछाडी गएकोले व्यालेन्स हुँदैन समथर ठाउँमा मात्र सामान्य हिडडुल गर्न सक्छिन् ।
खुट्टाले पेन्सिल च्यापेर भन्दा कम्प्युटर राम्ररी चलाउन रुचाउने विपनालाई भ्याएका बेला मात्र स्कुल लैजाने गरिएको देखिन्छ ।
विपाना सिद्धलेक गाउँपालिका नलाङ झगरे गुरुङ गाउँमा डिलबहादुर तमु र चन्द्रकला तमुको कोखबाट जन्मिएकी हुन् ।
गाउँपालिकाले अपाङुगता परिचय पत्र (रातो कार्ड) त बनाई दियो तर छोरीको क्षेमता देखेर उनलाई पढाई दिने र उपचारमा सहयोग गरिदिने संघ संस्थाको खोजिमा छु थेरापीबाट पनि उनलाई निको हुन सक्छ भन्ने सुन्छु तर अस्पताल लान सकि रहेको छै डिलबहादुर भन्छन् ।
चार सन्तान मध्ये कान्छि छोरीकी रुपमा जन्मिएकी यी विपना सानोमा अपाङ्गता हुन वा होइनन् थाहा भएन जव उनी बामे सर्न थालिन अनि हात नचलेको थाहा भयो । तर राती सुतेको बेला हामीले हात जता लान पनि सक्छौं जव विपना निन्द्रमा हुन्नन् तव हात दह्रो भएर पछाडी गहि हाल्छ हातका औलाहरु चलेका देखिन्छन् तर केहि समाप्दैन आमा चन्द्रकला बताउँछिन् ।
उनीलाई तिमी ठुली भएसी के बन्छौ भनेर कैसैले सोधिहाले एउटै जवाफ आउँछ डाँक्टर बन्छु । बोलीमा त्यति शुद्धता नदेखिए पनि एउटा तृष्ण क्षमता उनीमा पाउन सकिन्छ ।
हामीले ०७२ साल माघ ७ गते पोष्टगरेको समाचार पढ्नको लागि तलाको लिङ्क क्लिक गर्नु होला
कम्मर भन्दा माथि चल्दैन तर खुट्टाले सबै काम गर्छिन यी धादिङ नलाङकी बालिका
