काठमाडौं, साउन २५ । नेपाली युवा खेलाडी सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल) को डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
दोस्रो ओभरमा १ रन मात्र खर्चेका सन्दीपले आफ्नो तेस्रो ओभरमा ४ रन दिए । खेलको दशौँ ओभरमै आफ्नो चौथो ओभर बलिङ गर्ने अवसर पाएका सन्दीपले अर्को विकेट पनि लिए ।
उनले उक्त ओभरको दोस्रो बलमै गुएना अमेजन वारियर्सका जासोन मोहमम्दलाई टम कुपरको हातबाट क्याचआउट गराए । आफ्नो चौथो ओभरमा सन्दीपले ४ रन खर्चेर १ विकेट लिए ।
गुयाना अमेजन वारियर्सबिरुद्धको पहिलो खेलमै मैदान उत्रने मौका पाएका लामिछानेले आफ्नो स्पेलमा मात्र १२ रन खर्चेर २ विकेट लिए ।
४ ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चेर २ विकेट लिएका हुन् । उक्त खेल भने गुएना अमेजनले ६ विकेटले जित्यो ।
