टी–२० वरीयतामा कप्तान पारससहित चार खेलाडी

Avatar photo
Dhadingpost
साउन २२, २०७५

काठमाडौं, साउन २० । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ‘आइसिसी’को टी–२० वरीयताको उत्कृष्ट सयमा नेपालका चार खेलाडी पर्न सफल भएका छन् ।

टी–२० वरीयतामा नेपालका २ ब्याट्सम्यान र २ बलर परेका हुन् । ब्याट्सम्यानको वरीयतामा कप्तान पारस खड्का र शरद भेषावकर परेका छन् । पारस ९०औं वरीयतामा परेका छन् । पारसको रेटिङ अंक २ सय ६५ छ ।

त्यस्तै, २ सय ३८ रेटिङ अंकका साथ शरद ९८ औं वरीयतामा छन् । टी–२० वरीयताको शीर्ष स्थानमा आरोन फिन्च छन् भने दोस्रो स्थानमा पाकिस्तानको फखर जमान र तेस्रो स्थानमा भारतका लोकेश राहुल रहेका छन् ।

यता नेपालका बलरद्वय बसन्त रेग्मी र सोमपाल कामी पनि टी–२० वरीयतामा समावेश छन् । बसन्त ३ सय ९७ अंकका सथा ७१औं स्थानमा छन्सो भने मपाल ९२ औं स्थानमा रहेका छन् ।