सन् २०२० सम्ममा बुढीगण्डकी जलविद्युतको काम सकिने

Avatar photo
Dhadingpost
चैत्र ७, २०७१

aaआरुघाट चैत्र ७ गते । नेपालको सबैभन्दा ठुलो बुढीगण्डकी जलविद्युत परियोजना सन् २०२० सम्ममा सबै काम सकिने उर्जा मन्त्री राधा ज्ञावलीले बताउनुभएको छ । बुढीगण्डकी जलविद्युत आयोजना निर्माणबारे स्थानीय जनतासंग शुक्रबार आरुघाट स्थित भिमोदय उमाविमा सरोकारवालाहरुको अन्तरक्रियामा मन्त्री ज्ञावलीले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा मन्त्री ज्ञावलीले प्रभावित क्षेत्रका जनतासंग उचित क्षतिपूर्तिमा पाउनेमा सङ्का नगर्न आग्रह गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा नेपाली काँग्रेसका सचेतक निकाजी श्रेष्ठले आफुले पहिला आरुघाट क्षेत्र डुवानमा पार्ने गरि यो आयोजना सम्पन्न गर्न हुँदैन भनेपनि हाल समग्र नेपालीहरुको विकासको मुलआधार भएर आएको यस परियोजना सम्पन्न गर्न तयार रहेको बताउनु भएको थियो ।
यसैगरी धादिङका सभाषद राजेन्द्र पाण्डेले राष्ट्रिय गौरवको यस आयोजना प्रभावित क्षेत्रका मान्छेले पाउँछ तर मुअब्जाको नाममा बच्चा पेटमा छँदै प्रधानमन्त्री भए जन्माउँछु नत्र जन्माउन्न भन्न नमिल्ने बताउनु भएको थियो । परियोजना सम्पन्न गर्न नेपालीहरुलाई शेर हाल्न दिए पैसा खोज्न अन्यत्र जानु नपर्ने समेत पण्डेले बताउनु भएको थियो ।
राजधानीबाटै नजिक रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अन्तिम चरणमा पुगेको बेला उर्जा मन्त्री राधा ज्ञावली, धादिङ र गोरखाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासदहरुले सामूहिक अन्तरक्रिया गरेका थिए ।
आरखेत देखि बेनीघाट सम्म गोरखा र धादिङका २९ गाउँ विकास समितिका ४९ हजार मान्छे प्रभावित हुनेछन् । डुबान हुने यस आयोजना कसैलाई रहर त कसैलाई रहर भएको भन्दै नेकपा एमालेका सभासद गुरु बुर्लाकोटीले सबैभन्दा पहिला डुबान क्षेत्रका जनतालाई मुअब्जा दिनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रमा सभाषदहरु कमला पन्त, परशुराम तामाङ, दिलमान पाख्रिन, धनबहादुर धलेले जरसी भएनी यो परियोजना सम्पन्न गरेरै छाड्नु पर्ने बताउनु भएको थियो ।
१२ सय वाट विद्युत निकाल्ले गरि डिपिआर तयारीको अन्तिम चरणमा पुगेको यस परियोजनामा पानी जम्मा भई जलासय बन्न २ वर्ष लाग्ने बुढीगण्डकी जलविद्युत आयोजनाका अध्यक्ष डाक्टर लक्ष्मीप्रसाद देवकोटाले बताउनुभयो ।