जिम्बाबे, साउन १४ । अफ्रिकी मुलुक जिम्बाबेमा ३७ वर्षपछि आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । लामो समय राष्ट्रपति रहेका रोर्वट मुगाबेले गत वर्ष पद छोडेपछि निर्वाचन भएको छ ।
सत्ताबाट हटेपछि पहिलो पटक सञ्चार माध्यममा आएका ९४ वर्षीय मुगाबेले आफूलाई राष्ट्रपतिबाट हटाउने नेता वर्तमान राष्ट्रपति एमर्सन नान्गागावालाई समर्थन गर्न नसक्ने स्पष्ट पारेका हुन् ।
मुगाबे सत्ताबाट बाहिरिएपछि उनका नजिकका सहयोगी तथा पूर्व उपराष्ट्रपति एमर्सन नान्गागावालाई राष्ट्रपति बन्ने अवसर मिलेको थियो । सोमबार हुने निर्वाचनमा सत्तारुढ पार्टी गुनू पिएफले उनैलाई उम्मेदवार बनाएको छ । तर पूर्व राष्ट्रपति रोबर्ट मुगाबेले निर्वाचनमा आफ्नो दल जानु–पिएफले उठाएका उम्मेदवारलाई समर्थन नगर्ने बताएका छन ।
