काठमाडौँ, साउन १० । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाभार्डको गोल रुस विश्वकपकै उत्कृष्ट गोल बनेको जनाएको छ ।
कोलम्बियाका जुवान क्विनटेरो र क्रोएसियाका लुका मोड्रिचको गोललाई पछि पार्दै विश्वकप विजेता फ्रान्सका खेलाडी पाभार्डको गोल उत्कृष्ट चुनिएको छ ।
फिफाको मनोनयनमा परेको उत्कृष्ट गोलमध्ये अनलाइन भोटिङको आधारमा पाभार्डको उत्कृष्ट ठहरिएको हो ।
विश्वकपमा ६४ खेलमा कुल १६९ गोल भएको थियो जसमा फिफाले फिफाले उत्कृष्ट गोलको लागि १२ गोललाई अनलाइन भोटिङको लागि राखेको थियो ।
उनले अर्जेन्टिनाविरुद्धको खेलमा उक्त गोल गरेका थिए । अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गरेको थियो ।
