नेपाली महिलालाई अमेरीकामा गोली प्रहार

Avatar photo
Dhadingpost
साउन ९, २०७५

काठमाडौँ, साउन ९ । नेपालको गोरखा घर भएकी युबतिलाई अमेरिकाको एटोका शहरमा रहेको पेट्रोल पम्प नजिकै गोली प्रहार गर्ने १८ वर्षीय जिमुन टेज नामक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालको गोरखा घर भएकी रचना श्रेष्ठमाथि ति युवकले गोली चलाएका हुन।

गम्भिर घाइते श्रेष्ठको अहिले नजिकै रहेको सेन्ट फ्रान्सिस अस्पतालमा उपचार गराईरहेकि छिन । शरीरका विभिन्न भागमा ८ वटा गोली लागेकाले उनको अवस्था गम्भिर रहेको पारिवारीक स्रोतले जानकारी गराएको छ । आक्रमणमा प्रयोग भएको हतियार सहित जिमुन टेज हिललाई प्रहरीले रेष्टुरेन्टबाट पक्राउगरि अनुसन्धान अगाडी बढाएको जनाईएको छ ।

युवतीमाथि गोली प्रहार व्यक्तिगत वा के कति कारणले अन्धाधुन्ध गोलि प्रहार गरेका हुन त्यो भने खुलाएको छैन । यो भन्दा पहिला उनका नाममा कुनै अपराधको रेकर्ड नभेटिएकोले उनि केहिसमय एतामात्रै अपराधिक क्रियाकलापमाको संसारमा संलग्न भएको पहरीअधिकारीहरुले बताएका छन । गत सोमबार ह्यान्डी मार्ट नामक पेट्रोल पम्प नजिकै रहेकी नेपाली युवतीमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो।