ज्यामरुङमा बट्टा खोलेर चुरोट बेच्न नपाईने

Avatar photo
Dhadingpost
साउन २, २०७५

धादिङ श्रावण २ । धादिङको नीलकण्ठ नगरपालिका वर्डा नम्बर ११ मा चुरोट खैनी जस्ता सुर्ती जन्य सामाग्री वट्टा खोलेर विक्रि वितरण गर्न नपाईने भएको छ ।

वर्डा कार्यालयले विज्ञप्ती जारी गर्दै, ज्यामरुङको साविकका वर्डाहरु १,२,३,८ र ९ मा चुरोट खैनी जस्ता सुर्ती जन्य सामाग्री वट्टा खोलेर विक्रि वितरण गर्न नपाईने जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ- यस वर्डा भित्र सुर्ती जन्य सामाग्री र मदिरा विक्रि वितरणको लागी अनिवार्य रुपमा वर्डा कार्यालय सँग स्वीकृत लिनु पर्ने छ । साथै इजाजत प्राप्त नगरेका व्यक्ति व्यवयायीहरुले स्थानिय स्तरमा उत्पादन हुने मदिरा उत्पादन विक्रि वितरण गर्न समेत नपाउने जनाएको छ ।

वर्डा सचिव उमेश विष्टद्वारा हस्ताक्षरित श्रावण १ गतेबाट लागु हुने गरि जारी विज्ञप्तीमा भनिएको छ- इजाजत लिएका व्यवसायीहरुले पनि मदिरा बेलुका ६ बजे देखि बेलुका ८ बजे सम्म विक्रि गर्नु पर्ने अन्यथा कानुनी प्रक्रिया बमोजिम कार्वाही हुनेछ ।