
धादिङ, असार ३२ । धादिङबेसीमा दश दिने युवा उद्यमशिलता तालिम सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति धादिङको सहयोगमा मिडल्यान्ड एकेडेमीको आयोजनाका युवाहरुलाई लक्षित गरि दश दिने युवा उद्यमशिलता तालिम सम्पन्न गरेको हो ।
युवाहरुलाई स्वरोजगार बनाउने मुख्य ध्ययका साथ संचालन गरिएको तालिममा, उद्योग, व्यवसाय र बजार व्यवस्थापनको विषयमा प्रशिक्षित गरिएको थियो ।
दश दिने यस तालिमले अवश्य पनि तालिममा सहभागिहरु उद्यमशिल बन्ने आशा गरिएको मिडल्यान्ड एकेडेमीका दिपक विश्वकर्माले बताएका थिए ।
सिटिभिटीबाट मान्यता प्राप्त यस मिडल्यान्ड एकेडेमीले जेहेन्दार तर गरिव विद्यार्थीहरुलाई पढ्नको लागि सहयोग गर्दै आएको छ भने कम्प्युटर शिक्षणमा पनि सहयोग गर्दैआएको विश्वकर्माले बताएका थिए ।
