विश्वकपको फाइनल आजः फ्रान्स विजयी भयो भने दोस्रो उपाधि जित्ने

Avatar photo
Dhadingpost
असार ३१, २०७५

काठमाडौं, असार ३१ । नेपाली समय अनुसार राति ८ः४५ बजे रुसको मस्कोस्थित लुज्नियाकी स्टेडियममा हुन लागेको फाइनलमा फ्रान्स विजयी भयो भने दोस्रो उपाधि जित्नेछ ।

फ्रान्स सन् १९९८ को विजेता हो । उक्त फ्रान्समा भएको प्रतियोगितामा फ्रान्सले क्रोएसियालाई सेमिफाइनलमा रोकेको थियो । फ्रान्सलाई फेरि हराउने अवसर छ भने क्रोएसियालाई बदला दिने अवसर छ । सही फर्ममा रहेको फ्रान्स ४–२–३–१ को फम्र्याटमा तथा क्रोएसिया ४–१–४–१ को फम्र्याटमा खेल्नेछ । एन्टोइने ग्रिजम्यान, काइलिन एम्बाप्पे र ओलिभर जिरुको लोभलाग्दो खेल हेर्न समर्थक लालायित छन् ।

क्रोएसिया विजयी भयो भने विश्वकपको नयाँ च्याम्पियन बन्नेछ । सन् १९९८ देखि विश्वकप खेल्न थालेको क्रोएसिया पहिलो पटक फाइनल खेल्दै गरिरहेको हो । क्रोएसियाले सेमिफाइनलमा इंगल्याण्डलाई हराएको थियो । बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा पुगेको हो ।